मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सुशीलाको खुसी बिनाको मुस्कान र मनुषी एकसाथ विमोचन

शनिबार, २५ असार २०७९, १५ : ५३
शनिबार, २५ असार २०७९

साहित्यकार सुशीला पौडेलको २ कृति “मनुषी” (मुक्तक सङ्ग्रह) र “खुसीविनाको मुस्कान” (गजल सङ्ग्रह) लाई नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्य एवं कवि तथा समालोचक डा.गीता त्रिपाठीको सभापतित्व तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्व कवि तथा गीतकार दिनेश अधिकारी आख्यानकार डा। भोजराज घिमिरे , समावेशी आयोगका सदस्य विष्णु ओझा , कवि एस्पी कोइराला ,धीरेन्द्र प्रेमर्षी को आतिथ्यतामा लोकार्पण गरिएको थियो ।

कार्यक्रममा प्रसिद्ध कवि एवं गीतकार दिनेश अधिकारीले कृतिगत रूपमा उल्लेखनीय उपस्थिति जनाउने उदियमान गजलकार एवं मुक्तककारका रूपमा परिचय बनाउन सफल भएकी पौडेलको आगामी लेखन कार्यको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

मन्तव्यकै क्रममा बोल्दै समावेशी आयोगकी सदस्य विष्णु ओझाले कविताकै माध्यमबाट आफ्नो सुन्दर वैवाहिक जीवनको सुरुवात भएको उल्लेख गर्दै साहित्य र आफ्नो जीवनको अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै साहित्यकार पौडेल वर्तमान समयकी सशक्त एवम् उज्ज्वल भविष्य बोकेकी स्रष्टा रहेकोले उनको सफल काव्यिक यात्राको शुभकामना व्यक्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप