सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘वर एण्ड वधू’ को रोमानियाबाट छायांकन सुरु

आइतबार, २६ असार २०७९, १० : २३
आइतबार, २६ असार २०७९

प्रेम र विवाह विषयबस्तुको रुपमा उठाएर निर्माण हुन लागेको फिल्म ‘वर एण्ड बधू’ को छायांकन शनिबारबाट सुरु भएको छ ।  फिल्मको छायांकन युरोपको रोमानियादेखि सुरु भएको हो । फिल्म छायांकनका लागि आँचल शर्मा र हिमेश पन्तलगायतका कलाकार टोली शुक्रबार रोमानिया पुगेका थिए ।

रोमानियामा नेपाली स्टेज कार्यक्रम आयोजना गर्दै आएको नरेश गिरिले फिल्म रोमानिय छायाँकन ब्यवस्था मिलाएका हुन् । गिरीका अनुसार रोमानियाको मुख्य ठाउँहरु व्रशोभ, कोन्सतान्चा र लासीमा  फिल्मको छायांकन हुनेछ । रोमानियमा फिल्म १५ दिन छायाँकन हुने निर्माण युनिटले जनाएको छ ।

मिलन चाम्सले निर्देशन रहने फिल्मका छायांकार सुदीप बराल हुन् । फिल्ममा आँचल, हिमेशको अलवा विवेक कर्माचार्य, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त,किरण केसी, बुद्धि तामाङ, रविना केसी र सृष्टि खड्काको समेत अभिनय रहनेछ । 

नेपाली र हिन्दी भाषामा निर्माण हुने फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । एलआरके इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको कार्यकारी निर्माता डा. अमित रिजाल हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप