सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘हिँड्दा हिँड्दै’ को सकियो छायाँकन

आइतबार, २६ असार २०७९, १० : ४८
आइतबार, २६ असार २०७९

‘हिँड्दा हिँड्दै’ को छायांकन सकिएको छ । फिल्मको छायांकन शनिबारबाट सकिएको निर्माता सुशिल पंगेनीले जानकारी दिए । 

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा मिलन आले मगरको निर्देशन रहेको फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, बिकास थापाको अलवा नवनायिकाको रेखा शाहको मुख्य भुमिका छ ।

प्रेमकथामा बन्न लागेको फिल्ममा दिल लामा, रामकुमार थिङ र पारस गुरुङ निर्माता, सुशील पंगेनी प्रस्तुतकर्ता रहेका छन् । फिल्मको लेखन प्रस्तुतकर्ता पंगेनी आफैले गरेका हुन् ।

काठमाडौं उपत्यका र तराइमा खिचिने फिल्ममा देव महर्जनको द्धन्द्ध निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । सुमनकुमार तण्डुकारको छायाँकन रहेको फिल्ममा मुख्य सहायक निर्देशक यम भण्डारी र राजकुमार थिंङ हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप