मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साहित्य र संगीतको विशिष्ट पहिचान छ : प्रधानमन्त्री देउवा

आइतबार, २६ असार २०७९, ११ : ४०
आइतबार, २६ असार २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भाषा, कला, साहित्य र संगीतको रचनात्मक र सृजनात्मक कार्यमा सरकार सदैव सहयोगी र साथमा रहने बताएका छन् । आइतबार सरकारले आयोजना गरेको राष्ट्रिय पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

त्यसक्रममा उनले नेपाली भाषा, कला, साहित्य र संगीत मुलुकका गहना, धरोहर र राष्ट्रिय गौरवका विषय भएको भन्दै जसका माध्यमबाट स्वदेश तथा विदेशमा विशिष्ट पहिचान बनेको बताए ।  कार्यक्रममा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय प्रतिभा पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप