सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विश्वकी पहिलो गर्भवती ममीको मृत्युको राज खुल्यो, वैज्ञानिक पनि चकित

आइतबार, २६ असार २०७९, १५ : १४
आइतबार, २६ असार २०७९

वैज्ञानिकले २ हजार वर्ष पुरानो इजिप्टको एक ममी भेटेका थिए जसलाई ‘मिस्टिरियस लेडी’ भनिन्छ । यो ममी एक गर्भवती महिलाको थियो । यसको गर्भमा भ्रुण पनि भेटिएको थियो जुन निकै राम्रो तरिकाले संरक्षित थियो ।

पछिल्लो केही समयदेखि वैज्ञानिक यी महिलाको मृत्युको कारण पत्ता लगाउन व्यस्त थियो । यो ममीको खप्परमाथि एउटा शोध गरियो । उक्त अनुसन्धानमा यी महिलाको मृत्यु क्यान्सरका कारण भएको हो कि भन्ने अनुमान गरिएको छ । यो एउटा यस्तो खोज हो जसले क्यान्सर विशेषज्ञ र इजिप्टका वैज्ञानिकलाई हैरान पारिदिएको छ ।

१९ औँ र २० औँ शताब्दिका बेला उक्त ममी एक पुरुष पुजारीको थियो कि भन्ने अनुमान गरिएको थियो । तर वारसा ममी प्रोजेक्टले जब यसमाथि अनुसन्धान गर्यो तब यो वास्तवमा एक महिलाको ममी भएको पत्ता लगायो । त्योभन्दा पनि आश्चर्यको कुरा के छ भने यो दुनियाँको पहिलो गर्भवती ममी हो । यसअघि कुनै पनि गर्भवती ममी भेटिएको थिएन ।

गर्भमा संरक्षित थियो भ्रुण

यो वर्षको सुरुवातमा मिस्टिरियस लेडीको सिटी स्क्यानले उनको गर्भमा एउटा भ्रुण थियो भन्ने प्रमाण भेटिएको थियो । विशेष कुरा के हो भने ममीको गर्भ अत्यधिक एसिडिक भएको र कम अक्सिजनयुक्त वातावरणकाम कारण भ्रुण पनि निकै राम्रो तरिकाले संरक्षित भएको थियो ।

शोधकर्ताका अनुसार महिलाको मृत्युको कारणबारे उनीहरुलाई अत्यधिक प्रश्न आइरहेको थियो त्यसैले यसबारे पत्ता लगाउने निर्णय गरिएको अनुसन्धाताले बताएका छन् ।

खप्परको स्क्यानले मृत्युको कारणबारे खुलासा

गर्भवती ममीको खप्परको स्क्यान गरियो । हड्डीबाट यस्ता संकेत पाइयो जसबाट थाहा हुन्छ कि महिला क्यान्सरद्वारा पीडित थिइन् । सिटी स्क्यानले खप्परको बायाँतर्फ यस्तो दाग भेटियो जुन आजकाल डाक्टरले नेसोफिरिन्जियल क्यान्सरको रोगीमा देख्ने गर्छन् । यो एक दुर्लभ क्यान्सर हो जसले नाक र मुखको पछाडिको भागलाई प्रभावित गर्छ । यहाँ ७ मिमी व्यासको एउटा गोला घाउ देखियो । जुन ट्युमरका कारण भएको हुनसक्छ ।

यसका साथै अनुहारको हड्डीमा एउटा ठूलो क्याभिटी पाइयो । बिरामीमा क्रेनियोफेसियल हड्डीमा पनि परिवर्तन नेसोफेरिन्जियल क्यान्सरका कारण हुने गर्छ । यद्यपि, क्यान्सरबारे पत्ता लगाउनका लागि अनुसन्धानकर्ताले ममीको तन्तुको राम्रोसँग परीक्षण गर्नुपर्ने हुन्छ ।

स्मरण रहोस्, पहिला पनि यस्तो ममी भेटिएको छ जसमा क्यान्सरको सम्भावित लक्षण देखिएको थियो । सन् २०१७ मा वैज्ञानिकले दुई प्राचिन इजिप्टको ममीमा स्तन क्यान्सर र मल्टिपल मायलोमाबारे पत्ता लागेको थियो जुन विश्वमा क्यान्सरको सबैभन्दा पुरानो ज्ञात मामिला थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप