सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मस्कले ट्विटर नकिन्ने भएपछि उडाए मजाक : भने, ‘अब अदालतमा नक्कली अकाउन्टबारे खुलासा गर्नुपर्ने छ’

सोमबार, २७ असार २०७९, १२ : ३०
सोमबार, २७ असार २०७९

टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्ले ट्विटरको मजाक उडाएका छन् । मस्कले आफ्नो ट्विटर ह्यान्डलमा एउटा फोटो सेयर गरेका छन् । यो तस्बिरमा एलन मस्क हासिरहेको देखिएका छन् । फोटोमा एलनले लेखेका छन्, ‘सुरुमा उनीहरुले मैले ट्विटर किन्न नसक्ने बताए । त्यसपछि उनीहरुले बीओटीको खुलासा गर्न मिल्दैन भनेर उर्दी जारी गरे तर उनीहरु मलाई अदालतमार्फत् ट्विटर किन्न बाध्य पार्न चाहन्छन् तर अब उनीहरुले अदालतमा बीओटीको खुलासा गनुपर्ने छ ।’

स्मरण रहोस्, एलन मस्कले जुलाई ८ तारिखमा ट्विटर खरिद गर्ने सम्झौता खारेज गर्ने निर्णय लिएका थिए । मस्कले ट्विटरमा आफ्नो नक्कली (बीओटी) अकाउन्टको सही संख्या लुकाएको र यसबारे मागिएको पूरा जानकारी नदिने आरोप लगाएका छन् र उनले यसै आधारमा सम्झौता खारेज गर्ने घोषणा गरेको छ ।

यसैबीच ट्विटरले पनि अब एलन मस्कविरुद्ध कानुनी लडाईंको मूड बनाएको छ । ट्विटरले एलन मस्कविरुद्ध कानुनी कारवाहीका लागि न्युयोर्कको सबैभन्दा ठूलो लिगल फर्म वेचेल, लिप्टन, रोजेन एन्ड क्याट्ज एलएलपीलाई हायर गरेको छ ।

१३ अप्रिलमा मस्कले ट्विटर खरिद गर्ने घोषणा गरेर मानिसहरुलाई चकित पारिदिएका थिए । उनले सोसल मिडिया प्लेटफर्मलाई ५४.२ डलर प्रति शेयरको रेटले ४४ अर्ब डलरमा खरिद गर्ने प्रस्ताव राखे । १३ अप्रिलको फाइलिङमा यो कुरा सार्वजनिक भएको हो । यद्यपि, १३ मेमा एलन मस्कले ट्विटरको सम्झौतालाई स्थगित गरे । स्प्याम र नक्कली अकाउन्ट नै यस्तो हुनुको मुख्य कारण थियो ।

 वास्तवमा मेको सुरुवातमा एसइसी फाइलिङमा ट्विटरले उनको प्लेटफर्ममा पाँच प्रतिशत मात्रै स्पेम अकाउन्ट भएको जानकारी दिएका थिए । यसै कुरालाई लिएर ट्विटर र मस्कबीच मतभेद सुरु भएको थियो ।

एक फाइलिङमा एलन मस्कका वकिलले ट्विटरबाट थुप्रै पटक नक्कली र बट अकाउन्टबारे जानकारी मागिएको थियो तर कम्पनीले जवाफ दिएन वा यस्तो गर्न अस्वीकार गरिदिएको बताए । एलन मस्कका वकिलले यो जानकारी व्यापारका लागि महत्वपूर्ण भएको बताए ।

एलन मस्कले ट्विटरले जति बट् अकाउन्ट्सबारे बताएको छ प्लेटफर्ममा त्योभन्दा धेरै नै भएको मान्यता राख्छन् । यता ट्विटरले भने प्लेटफर्ममा जति बताइएको छ, त्यति नै बट्स भएको दाबी गर्दै आएको छ । तर यसको प्रमाण दिन ट्विटर सायद फेल भयो होला । एलन मस्कले एकपटक ट्विटरमा मानिसहरुको ट्विटरका बट्स अकाउन्टबाट जानकारी दिन पनि आग्रह गरेका थिए ।

ट्विटरले भन्यो, सम्झौता जसरी पनि पुरा हुनेछ

मस्कको तर्फबाट सम्झौता रद्द गर्ने घोषणा गरेपछि अब ट्विटरको तर्फबाट कम्पनी यो मर्जरलाई पूरा गर्न चाहेको र यसो गराउनका लागि अदालत जाने तयारी गरिरहेको बताएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप