सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पिकअपको ठक्करबाट अटो चालकको मृत्यु, दुई जना घाइते

मङ्गलबार, २८ असार २०७९, ०७ : ००
मङ्गलबार, २८ असार २०७९

झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा पिकअप गाडीले अटो रिक्सालाई ठक्कर दिँदा अटो रिक्सा चालकको मृत्यु भएको छ ।

बुद्धशान्ति–७ का अटो चालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । उक्त दुर्घटनामा अटोमा सवार दुई जना घाइते भएका थिए ।

बुद्धशान्ति–४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ च २०६३ नंको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे १ ह ४६४४ नंको अटोलाई सोमबार पछाडिबाट ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा अटो चालक खड्कासँगै मेचीनगर–७ की १८ वर्षीया बिना सेञ्चुरी र मेचीनगर–४ की ३२ इन्दिरा राई घाइते भएकी थिइन् । घाइते भएका उनीहरूमध्ये अटो चालक खड्काको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न पिकअप र चालक इलाम सूर्योदय नगरपालिका–१० का ५१ वर्षीय दिलीपकुमार प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप