सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिला युरो : नर्वेको पोष्टमा इंग्ल्याण्डको ८ गोल

मङ्गलबार, २८ असार २०७९, ०८ : ११
मङ्गलबार, २८ असार २०७९

नर्वेलाई फराकिलो अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्याण्ड महिला युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति लगातार दोस्रो जित निकाल्ने क्रममा इङ्ग्ल्यान्डले नर्वेलाई ८-० अन्तरले पराजित गर्यो ।

पहिलो हाफमा छ गोल र दोस्रो हाफमा दुई गोल भएको खेलमा बेथ मिडले ह्याट्रिक पूरा गरिन । यस्तै,  एलेन ह्वाइटले दुई गोल गर्दा जर्जिया स्टानवे, लोउरेन ह्याम्प र एलेसिया रुस्सोले समान एक गोल गरे ।

महिला युरोमा एकै खेलमा ८–० को फराकिलो जित पहिलोपल्ट सम्भव भएको हो । लगातार दोस्रो जितसँगै इंग्ल्याण्ड समूह ‘ए’ मा दुई खेलबाट ६ अंक जोड्दै नकआउट चरणमा पुगेको छ । पराजित नर्वे ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप