आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाबुरामलाई महिन्द्रको मात्र साथ

मङ्गलबार, २८ असार २०७९, १२ : ४७
मङ्गलबार, २८ असार २०७९

जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक जडिबुटीमा सुरु भएको छ । बैठकमा जसपा कार्यकारिणी समितिका सदस्य महेन्द्र राय यादव मात्र देखिएका छन् । 

बाबुरामलाई साथ दिने भनिएको कार्यकारिणी सदस्य राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरी, रामबाबु यादवलगायतका कुनै पनि नेता बैठकमा आइपुगेका छैनन् । बैठकमा यादव पक्षका केही नेता तथा कार्यकर्ताबाहेक अधिकांश तत्कालीन नयाँ शक्तिमा आबद्ध नेता तथा कार्यकर्ताहरु छन् । बैठकमा मधेस प्रदेशका नेताहरु निकै कम देखिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप