सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नासाको नयाँ स्पेस टेलिस्कोपबाट खिचिएको पहिलो तस्बिर सार्वजनिक, देखियो ब्रह्माण्डको नयाँ रुप

मङ्गलबार, २८ असार २०७९, १४ : ३०
मङ्गलबार, २८ असार २०७९

स्पेस एजेन्सी नासाले अन्तरिक्षको विशेष तस्बिर पठाएको छ । यो फोटो आफैंमा अचम्मको छ किनभने यसलाई नासाको नयाँ स्पेस टेलिस्कोप (जेम्स वेब स्पेस टेलिस्कोप) बाट खिचिएको छ । फोटो आफैँमा अचम्मको यसकारण किन छ भने यसले ब्रह्माण्डको सबैभन्दा गहिरो दृश्य देखाउँछ ।

जेम्स वेब स्पेस टेक्नोलोजीबाट खिचिएको ब्रह्माण्डको तस्बिर सोमबार सार्वजनिक गरिएको हो । यसका लागि ह्वाइट हाउसमा प्रिभ्यू इभेन्ट राखिएको थियो । राष्ट्रपति जो बाइडेनले यो तस्बिर सार्वजनिक गरेका हुन् । यो मौकालाई बाइडेनले ऐतिहासिक बताएका थिए ।

नासाको नयाँ टेलिस्कोपको यो फोटो निकै विशेष छ । ब्रह्माण्डको खिचिएको तस्बिरमा यो सबैभन्दा गहिरो इन्फ्रारेड तस्बिर हो ।

जेम्स वेब स्पेस टेलिस्कोपबाट galaxy cluster SMACS 0723  (थुप्रै ग्यालेक्सीको एउटा समूह) को तस्बिर खिचिएको हो । यो फोटोलाई वेब फर्स्ट डिप फिल्ड भनिँदैछ । यसमा ब्रह्माण्डका थुप्रै जानकारी, विवरण पाइन्छ । फोटोमा हज्जारौँ ग्यालेक्सी एकैपटक देखिएको छ । यसमा पुरानो, टाढा भएका र धमिलो देखिरहेको ग्यालेक्सी पनि समावेश छ । यो फोटोमा त्यो ग्यालेक्सी देखिएको छ जुन बिग ब्याङ्गपछि बनेको थियो ।

नयाँ टेलिस्कोप ९०० करोड डलरमा तयार

जेम्स वेब स्पेस टेलिस्कोप अन्तरिक्षमा पठाइएको हालसम्मको सबैभन्दा ठूलो र सबैभन्दा जटिल अब्जरभेटरी हो । यो इन्फ्रारेड टेलिस्कोप बनाउन करिब ९०० करोड डलर खर्च भएको थियो । दक्षिण अमेरिकाको उत्तरपूर्वी तटमा फ्रेन्च गुयानाबाट यसलाई क्रिसमस (सन् २०२१) मा लञ्च गरिएको थियो । यसको तौल ६,३५० किलो छ ।

नासाले यो काम युरोपियन स्पेस एजेन्सी (इएसए) र क्यानडा स्पेस एजेन्सी (सीएसए) सँग मिलेर गरेको छ । अब जेम्स वेब स्पेस टेलिस्कोपको पहिलो फुल कलर फोटो पनि सार्वजनिक गर्ने कार्यक्रम छ । यो काम आज मंगलबार गरिने सम्भावना छ ।

वेब टेलिस्कोपलाई युरोपको एयरक्राफ्ट एरियने फाइभ रकेटबाट अन्तरिक्षमा पठाइएको थियो । त्यसपछि करिब एक महिना यात्रा गरेपछि यो १५ लाख किलोमिटर यात्रा गरेर आफ्नो गन्तव्यमा पुगेको थियो, जहाँबाट यसले ब्रह्माण्डका थुप्रै राज खोलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप