सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

घरेलु टोली इङ्ग्ल्यान्ड भारतसँग १० विकेटले पराजित

बुधबार, २९ असार २०७९, ०६ : ४७
बुधबार, २९ असार २०७९

भ्रमणकारी टोली भारतले घरेलु टिम इङ्ग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा १० विकेटको जित निकालेको छ । योसँगै तीन खेलको शृंखलामा भारत १-० ले अघि रहेको छ ।

मंगलबार राति लण्डनको ओवलमा इङ्ग्ल्यान्डले दिएको १११ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा  बिना विकेटको क्षतिमा पूरा गरेको हो । भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक  ७६ रन बनाए । यस्तै, अर्का ओपनर शिखर धवन ३१ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २५ ओभर २ बलमा सबै विकेट गुमाउँदै ११० रन बनायो । इङ्ग्ल्यान्डका कप्तान जोस बट्लरले सर्वाधिक ३० बनाए । यस्तै, डेभिड विलिले २, ब्रेडन कार्सेले १५ तथा  मोइन अलि १४ रनको योगदान गरे ।

जस्प्रित बुमराहले चिम्किएपछी इङ्ग्ल्यान्डलाई सस्तैमा समेटिएको थियो । उनले एक्लै ६ विकेट लिए । यस्तै, मोहमद शामीले ३ तथा प्रसिद्ध कृष्णले १ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप