सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल

बुधबार, २९ असार २०७९, ०७ : ०५
बुधबार, २९ असार २०७९

प्रि-सिजन टुर अन्तर्गत थाइल्याण्डमा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुललाई ४-० गोल अन्तरले हराएको छ ।

बैंककमा मंगलबार राति युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र फाकुन्डो पेलिस्ट्रीले एक-एक गोल गरे । 

टुरमा निकै लयमा देखिएको युनाइटेडले पहिलो हाफमा तीन गोल गरेको थियो । थाइल्यान्ड भ्रमणपछि युनाइटेड अष्ट्रेलिया भ्रमणमा निस्कने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप