सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिला युरो : स्पेनलाई हराउँदै जर्मनी क्वाटरफाइनलमा

बुधबार, २९ असार २०७९, ०८ : ३७
बुधबार, २९ असार २०७९

बलियो स्पेनलाई २-० अन्तरले पराजित गर्दै जर्मनी मंगलबार राति  महिला युरोपियन च्याम्पियनसिप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

जर्मनीको जितमा क्लारा र पोपले समान एक गोल गरेका थिए । समूह ‘बी’ मा दुई खेलमा  शतप्रतिशत जित सहित ६ अंक जोडेको जर्मनी शीर्ष स्थानमा छ । 

समान खेलमा समान तीन अंक जोडेका स्पेन र डेनमार्क क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । फिनल्यान्डले भने दुई खेलमा अंक खाता खोल्न सकेको छैन । 

जर्मनी एक खेल अगावै क्वार्टरफाइल प्रवेश गर्यो । स्पेन र डेनमार्कबीचको खेलले यस समूहबाट क्वार्टरफाइनल प्रवेश गर्ने दोस्रो टोलीको टुङगो लगाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप