सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्विटरले एलन मस्कमाथि मुद्दा ठोक्यो

बुधबार, २९ असार २०७९, ०९ : ४२
बुधबार, २९ असार २०७९

सामाजिक सञ्जाल कम्पनी ट्विटरले टेस्लाका प्रमुख एलन मस्कको कम्पनीसँग ४४ अर्ब डलरको सम्झौता पूरा गराउन अदालतको ढोका ढक्ढकाएको छ ।

ट्विटरले अमेरिकी डेलावेयर अदालतलाई एलन मस्कलाई प्रति ट्विटर शेयर ५४.२० डलरको हिसाबले सम्झौता पूरा गर्न आदेश दिन आग्रह गरेको छ ।

एलन मस्कले शुक्रबार आफूले ट्विटर नकिन्ने  घोषणा गरेपछि ट्विटरले कानुनी लडाइँ लड्ने निर्णय गरेको थियो । उनले पटकपटक सम्झौताका सर्त तोडेकाले आफू पछि हटेको आरोप लगाएका छन् । उनले नक्कली अकाउन्टको संख्याबारे ट्विटरले जानकारी नदिएको बताए ।

एलन मस्कले ट्विटर किन्नको लागि अप्रिलमा एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए । यो सम्झौता ४४ अर्ब डलरमा भएको थियो । तर त्यसको अर्को महिना मेमा उनले यो सम्झौता ‘अस्थायी रुपमा होल्ड’ मा भएको जानकारी दिए । उनले ट्विटरको नक्कली र स्प्याम खाताको संख्यासँग सम्बन्धित आँकडाको प्रतिक्षा गरिरहेको पनि बताए ।

मुद्दामा एलन मस्कमाथि मर्जर सम्झौता उल्लंघन गरेको आरोप लगाइएको छ । साथै, ट्विटरले अब उनको व्यक्तिगत हित पूरा नगर्ने भएकोले उनी यो सम्झौताबाट पछि हटेको पनि आरोप लगाइएको छ ।

ट्विटरका अध्यक्ष ब्रेट टेलरले ट्वीट गर्दै माइक्रोब्लगिङ साइटले एलन मस्कलाई सम्झौताको दायित्वहरूका लागि जवाफदेही बनाउन चाहेको बताएका छन् ।

एलन मस्क इलेक्ट्रिक कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत हुन् ।

मुद्दामा भनिएको छ – एलन मस्क सम्झौतामा सहमत भएपछि, टेस्लाको शेयर र स्टक बजार घट्यो, टेस्लामा उनको हिस्सेदारी घट्यो । एलन मस्कको सम्पत्ति नोभेम्बर सन् २०२१ को उच्च बिन्दुबाट १०० बिलियन डलरले घटेको छ, जसका कारण उनी यस सम्झौताबाट बाहिर आउन चाहन्छन् ।

साथै, बजारमा आएको मन्दीलाई एलन आफैँले पनि झेल्न नचाहेको बताइएको छ ।

को हुन् एलन मस्क ? के– के गर्छन् ?

एलन मस्क एक कार निर्माताका मालिक हुन्, तर उनको कामको दायरा भविष्यका कारहरू बनाउने कम्पनीमा मात्रै सिमित छैन ।

उनको कम्पनी टेस्लाले इलेक्ट्रिक कारका पार्टपुर्जा र ब्याट्रीहरू पनि बनाउँछ जुन अन्य कार निर्माताहरूलाई बेचिन्छ ।

उनीहरुले घरमा जडान गर्ने  ‘सोलर इनर्जी सिस्टम’ बनाउँछन् जसको माग समयसँगै बढिरहेको छ । उनले एक अन्तरिक्ष अन्वेषण कम्पनी पनि चलाउँछन् । साथै उनी अमेरिकामा ‘सुपर–फास्ट’ अन्डरग्राउन्ड ट्रान्सपोर्ट सिस्टमको खाका पनि तयार पारिरहेका छन् ।

आजको समयमा, एलन मस्क एक अमेरिकी उद्यमीको रूपमा चिनिन्छन्, तर उनको जन्म दक्षिण अफ्रिकामा भएको थियो । उनकी आमा मूलतः क्यानाडा र बुबा दक्षिण अफ्रिकाका हुन् । मस्कका अनुसार उनलाई बाल्यकालदेखि नै किताब पढ्न मन लाग्थ्यो ।

उनी भन्छन्, ‘म बाल्यकालमा एकदमै शान्त थिएँ, जसका कारण मलाई धेरै उत्पीडन पनि भयो ।’

१० वर्षको उमेरमा एलोन मस्कले कम्प्युटर प्रोग्रामिङ सिके र १२ वर्षको उमेरमा उनले ‘ब्लास्टर’ नामक भिडियो गेम बनाए जुन स्थानीय पत्रिकाले उनीबाट पाँच सय अमेरिकी डलरमा किनेको थियो । यसलाई मस्कको पहिलो ‘व्यापारिक उपलब्धि’ भन्न सकिन्छ ।

सन् २००४ मा, एलन मस्कले इलेक्ट्रिक कार कम्पनी टेस्लाको स्थापना गरे र उनले भने, ‘भविष्यमा सबै कुरा विद्युतीय हुनेछ, अन्तरिक्षमा जाने रकेटहरू पनि, र यो परिवर्तन ल्याउन टेस्लाले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

एलन मस्क पनि आफ्ना ट्वीटका कारण चर्चामा आउने गर्छन् । उनले ट्वीटर किन्ने बारे ट्विट गरेरै जानकारी दिएका थिए ।

एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर किन्न प्रस्ताव गरेका थिए ।

आफूलाई ‘वाक स्वतन्त्रताको ठूलो समर्थक’ भनेर वर्णन गर्ने मस्क, ट्विटरले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्लेटफर्मबाट प्रतिबन्ध लगाएको समयमा आए । उनले यो मञ्चमा सुधार गर्न चाहेको बताएका थिए ।

ट्विटरमा उनका १० करोड फलोअर्स छन् । उनी यहाँ निकै सक्रिय छन् र कहिलेकाहीँ विवादास्पद ट्वीट गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप