सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन  घाइते

बुधबार, २९ असार २०७९, ०९ : ४६
बुधबार, २९ असार २०७९

कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन  घाइते भएका छन् । गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरमा गए राति सु.प.प्र. ०१–००९ प ७८९१ र से ७ प ११४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा से ७ प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको हो । 

उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेजमा  उपचार भइरहेको छ । 

दुर्घटनामा सुपप्र ०१–००९ प ७८९१ नम्बर मोटरसाइकलका चालक गौरीगङ्गा–९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरी पनि घाइते भएका छन् । चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जनकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप