आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सन्दर्भः गुरु पूर्णिमा

को हुन् गुरु ?

बुधबार, २९ असार २०७९, १२ : १०
बुधबार, २९ असार २०७९

गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर देवो महेश्वर

गुरुर साक्षात परम बह्म तसमै श्री गुरुबे नमः

आज गुरु पूर्णिमा । हामीलाई शिक्षा दिएर सहि बाटो  देखाउने गुरुहरुमा नमन  । हाम्रो संस्कार र संस्कृतीमा पनि गुरुको स्थान उच्च मानिन्छ । हाम्रो पहिलो गुरु नै हाम्रो माता पिता मानेर देवताको स्थानमा राखेर पुज्छौ । स्कुल, कलेज वा विश्वविद्यालय वा अरु कुनै कला मन्दिर जहाँ पनि गुरुले नै शिक्षा प्रदान गर्छन् ।

गुरु पूर्णिमा पर्व परम्परागत रूपमा असारको पहिलो पूर्णिमाको दिन मनाइन्छ । ग्रीष्म संक्रान्ति पछि पूर्णिमामा पर्दछ । गुरु पूर्णिमा एक परम्परागत हिन्दू उत्सव भए पनि यसलाई भारत, नेपाल र भुटानमा हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरूले समेत मनाउने गर्छन् ।

गुरु पूर्णिमाका दिन साधकहरूले आफ्ना गुरुलाई कृतज्ञता तथा भक्ति अर्पण गर्छन् र उहाँहरुको आशीर्वाद प्राप्त गर्छन् ।  नेपालमा यो दिनलाई शिक्षक दिवसका रुपमा पनि मनाइन्छ ।

यो पर्वले गुरु अर्थात् शिक्षकहरूको भलाईको सम्झना गर्दछ । भक्तहरूले ज्ञानको लागि आफ्ना गुरुहरूलाई पूजा गर्छन् र धन्यवाद दिन्छन् । गुरु पूर्णिमामा  शिष्यहरूले आफ्नो गुरुप्रति आफ्नो प्रेम र कृतज्ञता देखाउँछन् ।

हिन्दू संस्कृतिमा विद्यार्थीको जीवनमा गुरुको धेरै महत्त्वपूर्ण स्थान हुन्छ । यो एउटा गुरुको साझा ज्ञानले गर्दा शिष्य संसारको सामना गर्न तयार हुन्छ ।

दुई विशिष्ट शब्द “गु” र “रु” को संयोजन हो गुरु । यसमा गु को अर्थ “अन्धकार” र रु को अर्थ “अन्धकार हटाउने” भन्ने लाग्छ । यसरी, गुरु भनेको आफ्नो शिष्यको जीवनबाट अन्धकार हटाउने व्यक्ति हो । त्यसैले जसले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नाश गरेर ज्ञानको उज्यालो प्रकाश छर्दछन्, ती महान व्यक्ति गुरु हुन् ।  

ती मात्र गुरु हुन्, जसले हाम्रो मन भित्र भएको अन्धकाररूपी माया मोहलाई नाश गरेर हामीलाई आत्मा र परमात्मासँग चिनाउँछन्, उनै साक्षात गुरु हुन् । गुरु नहुँदा कुनै कुराको ज्ञानको सम्भावना हुन्न । गुरु एक व्यक्ति हो, जसले सिकाउँछ र प्रकाश, ज्ञान दिन्छ । अनि हामीलाई सही मार्गमा नेतृत्व गर्न निर्देशन दिन्छ ।

परापूर्व कालमा गुरुकुलमा बसेर शिक्षा लिने चलन थियो, वर्षौसम्म गुरुको साथमा रहेर गुरुको सेवा गर्ने चलन थियो । समयले अब काँचुली फेर्यो तर गुरुको महत्व कहिल्यै काम भएन, नहुनेछ । जसले गुरुको महत्व बुझेको  छ, उसले ज्ञानको महत्व बुझेको छ  । आजका सबै आविष्कारहरु हाम्रा महान गुरुका शिक्षा र ज्ञानका उपक्रमहरु हुन् ।

गुरु ती हुन्, जसले हाम्रो जीवनमा सत्य र ज्ञानको अमूल्य शिक्षा दिन्छन् ।  त्यसैले, गुरु पूर्णिमाको दिनमा हामी पनि हाम्रा गुरुहरुलाई श्रद्धा र भक्तिसहित मिठाइ, प्रसाद, लुगा कपडा आदि अर्पण गरेर आफ्नो आदर अर्पण गर्दछौं । यस्ता उपहारलाई ‘गुरु दक्षिणा’ पनि भनिन्छ ।

गुरुको सबैभन्दा ठूलो दक्षिणा भनेको उनले देखाएको बाटोको अवलम्वन र पढाएको पाठको सही पालना नै हो । आफ्नो शिष्यको सफलतामा खुशी खोज्ने महानताले गुरुलाई अझै आदरणीय र उच्च बनाएको छ ।  

साँचो गुरु उनै हुन्, जसमा साँचो रूपमा ज्ञान प्रदान गर्न सक्ने क्षमता हुन्छ, ज्ञानी भएर पनि उनमा घमण्ड रत्तिभर हुँदैन । जसलाई सही ज्ञानको अर्थ थाहा छ, जो त्यसैमा जीवन बिताउँछ ।  जो रिस, राग, लोभ, मोह भन्दा धेरै पर हुन्छ । उही सच्चा गुरु हुन् ।

विराटनगर–३, मोरङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप