सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

बिहीबार, ३० असार २०७९, ०६ : ११
बिहीबार, ३० असार २०७९

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । 

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । 

यसअघि हिजोको बैठकमा गृहमन्त्री खाँणले नागरिकता विधेयक सदनमा प्रस्तुत गरेका थिए । साथै हिजोकै बैठकमा सभामुख अग्नि सापकोटाले उपसभामुखको निर्वाचन प्रक्रिया थाल्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए । उपसभामुखको निर्वाचन प्रक्रिया आजबाट सुरु हुने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप