सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्ट्रर्लिङले छोडे म्यान्चेस्टर सिटी, चेल्सीमा अनुबन्धित

बिहीबार, ३० असार २०७९, ०६ : २६
बिहीबार, ३० असार २०७९

इङ्ग्ल्यान्डका विंगर रहिम स्ट्रर्लिङलाई इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले अनुबन्ध गरेको छ । चेल्सीले  स्ट्रर्लिङलाई प्रिमियर लिग प्रतिद्वन्दी म्यान्चेस्टर सिटीबाट अनुबन्ध गरेको हो ।

चेल्सीसँग स्ट्रर्लिङले पाँच वर्षको सम्झौता गरेका छन् । २७ वर्षीय विंगरले सम्झौता एक वर्ष बाँकी रहदै सिटी छाड्ने भएका हुन् । स्ट्रर्लिङ २०१५ मा लिभरपुलबाट सिटी आएका थिए ।

इङ्ग्ल्यान्डका लागि उनले ७७ खेल खेलिसकेका स्ट्रर्लिङले सिटीका लागि ३ सय ३९ खेलमा १ सय ३१ गोल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप