सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जुनियर प्रतियोगितामा निशाले तोडिन् सिनियरको कीर्तिमान

बिहीबार, ३० असार २०७९, ०६ : ३८
बिहीबार, ३० असार २०७९

लुम्बिनीकी निशा चौधरीले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा सिनियरको राष्ट्रिय कीर्तिमान तोडेकी छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । 

यसअघि शिलाले सन् २०१८ अप्रिल २३ मा ५.४५ मिटरको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । जुनियरमा भने यो प्रतिस्पर्धाको कीर्तिमान विपना परियारको नाममा ५.०९ मिटर थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप