मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य सम्मान प्रदान गरिने

बिहीबार, ३० असार २०७९, १४ : १५
बिहीबार, ३० असार २०७९

सुदूरपश्चिमाञ्चल साहित्य समाजले वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी र वरिष्ठ कवि एवं रेडियो नेपालका निर्देशक डा. नवराज लम्साललाई सम्मानित गर्ने भएको छ ।

नेपाली साहित्य क्षेत्रमा विशिष्ट योगदान गरेबापत वरिष्ठ साहित्यकार रेग्मीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित तथा अग्नि महाकाव्यमार्फत् समानताका पक्षमा आवाज बुलन्द गरेबापत वरिष्ठ कवि डा. लम्साललाई नगद १ लाख १ हजार १ सय ११ सहित सम्मानित गर्ने निर्णय भएको सुदूरपश्चिमाञ्चल साहित्य समाजले जनाएको छ । 

लेखक रेग्मी मौलिक कथाकार मानिन्छन् । उनका एक दर्जन बढी कथासङ्ग्रह प्रकाशित भएका छन् । लम्सालका अग्नि, कर्ण र धरा महाकाव्यसहित ८ पुस्तक प्रकाशित छन् । विश्व नारी साहित्य सम्मेलनका अवसरमा उक्त सम्मान प्रदान गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप