सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानका कप्तान बाबर विराटको समर्थनमा

शुक्रबार, ३१ असार २०७९, ११ : १०
शुक्रबार, ३१ असार २०७९

पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका कप्तान कप्तान बाबर आजमले विराट कोहलीको फर्मको विषयमा समर्थन जनाएका छन् । पछिल्लो समय खराव फममा रहेका विराटको आलोचना भइरहेको छ ।

ग्रोइनको चोटका कारण इङ्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेल गुमाएका कोहलीले दोस्रो खेलमा मात्र १६ रन बनाएका थिए । विराटले इङ्ल्याण्डविरुद्ध टी–ट्वान्टी पनि कमजोर प्रदर्शन गरेका थिए । टेस्टमा पनि नचलेका विराटलाई पाकिस्तानका कप्तान बाबरले चाडै फममा फर्कन सुझाव दिएका छन् ।

भारतीय समर्थक र क्रिकेट लिजेन्डहरुले कोहलीको आलोचना गरिरहेको समयमा बाबर भने समर्थनमा आएका हुन् । उनले यो समय पास हुनेछ, बलियो रहनुहोस् भनेर विराटसँगको फोटो ट्वीटरमा पोष्ट गरेका छन् । विराट वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी सिरिजको लागि टिममा छैनन् ।

त्यस्तै विराटको फमको विषयमा भारतीय कप्तान रोहित शर्माले पनि समर्थन जनाएका छन् । उनले लामो समय उत्कृष्ट फममा रहेका खेलाडी केही समय कमजोर बन्दा टिममा नै नराख्ने कुरा नहुने बताए ।

‘लामो समय उत्कृष्ट फममा रहेका खेलाडीले केही खेलमा कमजोर प्रदर्शन गर्दा टिममा नै नराख्ने भन्ने हुन्न । उनी चाँडै फममा आउनेछन्,’ रोहितले खेलपछि भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप