मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कान्तिबाल अस्पतालमा सेवा विस्तार

शुक्रबार, ३१ असार २०७९, १६ : १५
शुक्रबार, ३१ असार २०७९

कान्ति बाल अस्पतालले दन्त चिकित्सा विभागलाई शुक्रबारदेखि बृहत् रुपमा विस्तार गरेको छ । आजदेखि अस्पतालले अत्याधुनिक इलेक्ट्रिकल डेन्टल चेयर, अत्याधुनिक प्रकृतिको आरभिजी एक्सरे सेवा विस्तार गरिएको विभागीय प्रमुख डाक्टर सोनी सुवेदीले बताइन् ।

विगत लामो समयदेखि सञ्चालन आएको दन्त चिकित्सा विभागले बालबालिका तथा किशोर किशोरीमा हुने मुख तथा दाँतको समस्याको लागि केन्द्रिय प्रेषण विभागको रुपमा काम गरिरहेको उनले बताइन् ।  सेवाको उद्घाटन कार्यक्रममा कान्तिबाल अस्पतालका निर्देशक डा युवनिधी वस्यौलाले  अस्पतालमा डेन्टल विधाका सम्पुर्ण विशेषज्ञ सेवा विस्तार गर्ने प्रयास गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप