मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
कविता

हत्या मिश्रित यात्रा

शनिबार, ३२ असार २०७९, ०५ : ५४
शनिबार, ३२ असार २०७९

काया भित्रको थैली 
भर्ने पियुषको
आर्जन गर्न नसकेका
नेपाल आमाका
हर्कबहादुरहरु
आज गुण्डा भएका छन्
र, गरिरहेछन्
हत्या मिश्रित यात्रा ।

अप्ठ्यारो पथ होस्,
या, अक्करे भिरका 
मुटु नै लुगलुग कमाउने 
साँघुरा मार्ग
कसैको घाँटी रेटेर
काया भित्रको 
थैली भर्नको लागि गरिएको
यात्राको उत्कर्षमा टेके पछिको
असीम आनन्दका तुलनामा 
ती सबै फिक्का लाग्दैछन् उनीहरुलाई,
र, जबर्जस्त गरिरहेछन्
हत्या मिश्रित यात्रा ।

नियाल्दा लाग्छ,
हजारौं टनको
कठिनाइले पनि छेकिएको छैन
हर्कबहादुरहरुका 
हत्या मिश्रित यात्रा ।
कठिनाई र संघर्षले नछेकेको
हर्कहरुको हत्या मिश्रित यात्रा 
छेक्न सक्ने
शक्तिशाली तत्व रहेछ
कागजको खोस्टा ।

हत्या मिश्रित यात्राका निम्ति
कागजका बहुमूल्य खोस्टालाई 
पछ्याउँदै छन् ऊनीहरु खोस्टाले
खल्तीमा इन्ट्री मार्न साथ
पक्का छिनाल्ने छन्
थैलीभित्र
राज गरिरहेकाहरुको घाँटी
र, गर्ने छन् हत्या मिश्रित यात्राको
इतिश्री ।

तर, नेपालमा 
हर्कबहादुरहरुको
हत्या मिश्रित यात्राको
इतिश्री हुने दिन
पक्का पनि पश्चिमबाट 
सूर्य उदाउने छ
र सूर्यले पनि भन्ने छ–
‘आज म पनि अचम्मको खोलामा 
डुबुल्की मार्दा मार्दै
गलत बाटो समातेर पो
धर्ती तिरको यात्रामा आएछु ।’
......

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप