सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लिभरपुलले जित्यो सिंगापुर ट्रफी

शनिबार, ३२ असार २०७९, ०६ : ४३
शनिबार, ३२ असार २०७९

प्रि-सिजन टुर अन्तर्गत सिंगापुरमा भएको मैत्रीपूर्ण खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० ले हराएको छ । शुक्रबार राति भएको खेलमा  लिभरपुललाई जित दिलाउन जोर्डन हेण्डरसन र मोहमद सलाहले एक एक गोल गरे ।

खेलको १२ औं मिनेटमा हेण्डरसनले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ४७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए । 

यस जितसँगै लिभरपुलले स्टान्डर्ड चार्टर्ड सिंगापुर ट्रफी जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप