मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

माया, अब के हुन्छ ?

शनिबार, ३२ असार २०७९, ०७ : ०२
शनिबार, ३२ असार २०७९

अचेल तिम्रो आगमन
खुसी बोकेर झुल्किन्छ
फुलजस्तै मुस्कुराउँदै 
अनेक तरङ्ग छर्दै 
म मा बेजोड आनन्दानुभूति भर्दै 
आफ्नोपनको अलौकिक नसा दियर
फर्किन्छ्न तिम्रा यादका स्पर्सहरु 
दिन र रातको घेराभित्रको जिन्दगी 
तिम्रो आत्मियताको छहारीमा 
मस्त बेपर्वाह निदाउन खोज्छ 
नौलो पिरती जस्तो
गाढा माया जस्तो
हाम्रो सम्बन्धको गहिराई 
झन् गहिरो हुँदै जानुमा 
तिम्रो मधुर बोली 
मीठो वार्तालाप, 
सम्मानित शब्दावली 
धेरै कारण छन् 
किन तिम्रो आवाज सुन्न आतुर हुन्छु म 
किन मीठो प्रतीक्षा हुन्छ 
र, किन उर्लिन्छ माया 
खै यी अनुत्तरित प्रश्नहरुले 
उत्तर मागिरहेछन् ।
जवाफ छैन मसँग 
सायद तिमीसँग नि नहोला 
निद्रामा चियाउँदै हेर्छयौ 
दिलको नजिकै बसेर मुस्कुराउँछौ
अलिकति तड्पाइ 
थोरै बेचैनी 
अनि यी यादहरुको 
उर्लदो सागर उपहार 
आइपुग्छ हरेक पल म समीप
म किन तिमीलाई यति धेरै सम्झिन्छु
किन तिमी तिरै तानिन्छन् नजर
मनका आलीहरुमा हरदम
टुसुक्क बसेर स्वप्नील  
रंगहरु छर्ने तिम्रो मोहनी कलाले 
लाग्छ म फलाम हुँ, 
तिमी चुम्बक हौ
एकनाश तानिरहन्छौ ।
यी रोक्न नसकिने बेगहरु
थाम्न नसकिने तरंगहरु 
अनवरत सञ्चार भैरहेछन्
मनको गहिराइमा ।
हाम्रो सम्बन्ध 
आत्मीयताको धरातलको
कुनै मिलनविन्दु छैन
र, पनि निकै अलौकिक छ
मिठासमय छ
प्रेममय छ 
अनि एउटा प्रश्न छ 
अब के हुन्छ ? 
बर्दिया, हालः साउदी अरब 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप