मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गजल : सधैँ सधैँ तिम्रो छेउ आउन पाऊँ

शनिबार, ३२ असार २०७९, ०७ : १३
शनिबार, ३२ असार २०७९

सधैँ सधैँ तिम्रो छेउ आउन पाऊँ मैले
दिलैदेखि चोखो माया लाउन पाऊँ मैले !

कोइलीको झैँ बोली तिम्रो चन्द्रझैँ मुहार
तिम्रो प्रित तिम्रै गीत गाउन पाऊँ मैले

मनभित्र तिम्रै बास धड्कनमा राज !
आँखाभरि तिमीलाई नै छाउन पाऊँ मैले

तिम्रो यादले आँखाभरि टल्पलाउँछन् आँसु
लोलाएका नयन यी सुकाउन पाऊँ मैले

सुख आफैँ काट्दै जाऊँ दुःख पर्दा सम्झ
आपतमा घामझैँ उदाउन पाऊँ मैले ।
गुल्मी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप