मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

म पुरानो जमानाको मान्छे

शनिबार, ३२ असार २०७९, ०७ : १८
शनिबार, ३२ असार २०७९

छोटो कपाल नगराउँदा
म पुरानो जमानाको हुन्छु ।
सेतो, खैरो कपाल नगराउँदा 
म पुरानो जमानाको हुन्छु ।।

प्रत्येक दिन, 
सामाजिक सञ्जाल नरङ्ग्याउँदा
म पुरानो जमानाको हुन्छु ।
टिकटक नबनाउँदा
म पुरानो जमानाको हुन्छु ।।
  
छोटा छोटा कपडा नलगाउँँदा 
म पुरानो जमानाको हुन्छु ।
प्रत्येक फेसनमा चल्न नसक्दा
म पुरानो जमानाको हुन्छु ।।

मैले दीयो बाल्दा 
म पुरानो जमानाको हुन्छु ।
मैले क्यान्डल बाल्ने 
अनि, निभाउने नगर्दा 
म पुरानो जमानाको हुन्छु ।।

मैले आफ्नो धर्म 
अनि संस्कृति अनुशरण गर्दा 
म पुरानो जमानाको हुन्छु भने 
मलाई,
म प्रति गर्व छ ।  
किनकि, 
म पुरानो जमानाकै हुनु ठिक छ ।।
                        प्युठान 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप