मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालभाषामा लेखिएका कृतिहरू लोकार्पण

शनिबार, ३२ असार २०७९, १४ : ०८
शनिबार, ३२ असार २०७९

मोती शोभा श्रेष्ठद्वारा लिखित नेपालभाषाका लघु उपन्यास सङ्ग्रह र “नेपालमा घरेलु उद्योगको विकास" शीर्षक पुस्तक तथा प्रा.डा. सिर्जना श्रेष्ठ र प्रा.डा. सबिना श्रेष्ठद्वारा लिखित नेपाल भाषाका दुई कविता सङ्ग्रहहरूको लोकार्पण गरिएको छ । नेपाल भाषा एकाडेमीका कुलपति यज्ञरत्न धाख्वाको प्रमुख आतिथ्यतामा शनिबार ती पुस्तकहरू लोकार्पण गरिएको हो ।

लेखिका मोती शोभा श्रेष्ठका लघु उपन्यासहरूमा नेपाली समाजमा महिलाको जीवनसँग गाँसिएका केही महत्त्वपूर्ण पक्षहरूलाई सरल भाषामा दर्साइएको छ । उनका रचनाहरूमा समाजमा विद्यमान विसंगति र विभेदहरूलाई औंल्याउनुका साथै तिनका सकारात्मक समाधानका पाटोहरू पनि उल्लेख गरिएका छन् । लेखिका श्रेष्ठ अर्थशास्त्रमा स्नातकोत्तर गरी सरकारी सेवामा लामो समय कार्यरत रही नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालयको सह-सचिव पदबाट अवकाश प्राप्त गरेकी थिइन् ।

कवियत्री सिर्जना श्रेष्ठका कविताहरूमा मान्छे, मन र मानव जीवनका भावनात्मक यात्रा अनि त्यसभित्रका आरोह अवरोहबीच अलमलिएका मान्छेको परिचय, माया र सम्बन्धका आभासहरू प्रष्ट भेटिन्छन् । उनी हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञ, प्राध्यापकको रूपमा कार्यरत छिन् र वहाँ प्रतिष्ठानको स्कूल अफ मेडिसिनका पूर्व डीन रहनु भएको थियो।

कवियत्री सबिना श्रेष्ठका कविताहरूमा प्रकृति, सौन्दर्य, जीवन र समयका विभिन्न अध्यायहरू कोरिएको भेटिन्छन् । त्यस्तै मनका जिज्ञासा, कौतुहलता र प्रश्नहरू लगायत माया, प्रेम र समाजका अन्य परिदृश्यहरू समेत कवितामा समेटिएका छन् । उनी हाल काठमाडौँ मेडिकल कलेजमा बाल आँखा रोग विशेषज्ञ, प्राध्यापकका रूपमा कार्यरत छिन् । उनी नेपाल आँखा अस्पतालका पूर्व निर्देशक समेत रहेकी थिइन्।

आज नेपाल भाषा फाउन्डेसनबाट एके परिवारका ३ सदस्यहरूका ४ वटा नेपालभाषामा लेखिएका कृतिहरू लोकार्पण भएको छ । कवियत्री द्वय डा. सिर्जना र डा. सबिना मोती शोभा श्रेष्ठकी छोरीहरू हुन् । यी पुस्तकहरू पहिले नेपाली भाषामा पनि प्रकाशित भइसकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप