मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनीका दुई सरकारी अस्पतालमा बिरामीलाई बेड, कार्ड र रगत निःशुल्क

आइतबार, ०१ साउन २०७९, ०९ : ४८
आइतबार, ०१ साउन २०७९

लुम्बिनी प्रदेशमा दुई प्रदेशस्तरीय दुई ठूला सरकारी अस्पतालमा आर्थिक अवस्था कमजोर भएकाहरूले उपचारका लागि निःशुल्क बेड, बिरामी पुर्जा र रगत पाउने भएका छन् । नागरिक स्वास्थ्यमा सरकार भन्ने मूल उद्देश्यका साथ लुम्बिनी प्रदेश सरकारले सरकारले चालु आर्थिक वर्ष २०७९÷०८० साउन १ गतेदेखि लागु हुने गरी प्रादेशिक स्तरका दुई सरकारी अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा बिरामीलाई बेड, बिरामी र रगत सेवा निःशुल्क सञ्चालनमा ल्याएको हो । 

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले नागरिक स्वास्थ्य सेवामा सहजताका लागि बिरामीलाई यी सेवा निःशुल्क गरिएको बताए । प्रादेशिक अस्पतालका दुई सरकारी अस्पतालबाट बहिरङ्ग तथा ओपिडी बेड सेवा तथा बिरामी पुर्जा र रगत आवश्यक रहेका बिरामीलाई रगत समेत निःशुल्क सेवा प्रदान गरिएको मन्त्री थारुले जानकारी दिए । 

यसका लागि प्रदेश सरकारले  एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । मन्त्री थारुले भने–‘कतिपय अवस्थामा विपन्न नागरिकसँग नाम लेखाउन समेत पैसा हुँदैन । जसका कारण विपन्न नागरिकले उपचार सेवा पाउनबाट समेत वञ्चित हुनुपर्ने बाध्यतालाई टारेको छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप