बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जसको सय पटक भन्दा बढी पाखुराको जोर्नी फुस्कियो

​किष्ट मेडिकल कलेजमा सफल अपरेशन
आइतबार, ०१ साउन २०७९, १४ : ५८
आइतबार, ०१ साउन २०७९

पाखुराको जोर्नी फुस्किने समस्या एक अर्थोपेडिक ईमरजेन्सी हो । सुन्दा अचम्म लाग्नसक्छ तर काठमाडौको बानेश्वर निवासी ४० वर्षीय सागर उप्रेतीले गएको १२ वर्षमा यो समस्या सय पटक भन्दा बढी झेले । उनी हरेक पटक नजिकको स्वास्थ्य केन्द्रमा गएर तानतुन पारेर जोर्नी मिलाउन लगाउथे र आफ्नो काममा फिर्ता जान्थे । तर गएको केहि महिनामा समस्या निकै बढन थाल्यो । सुत्ने बेला कोल्टे फर्किदा समेत पाखुराको जोर्नी फुस्किन थाल्यो । त्यसपछि उनी किष्ट मेडिकल कलेजमा पुगे । 

जुन समस्याको सफल उपचार भएको छ ।  अर्थोपेडिक एण्ड स्पोर्ट सर्जन प्रोफेसर डा. अमित जोशीको नेतृत्वको टीमले  सफल अप्रेशन गरेको हो । जुन टीममा डा श्रीराज श्रेष्ठ र डा. सौरभ दाहाल संलग्न रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 डा. जोशी नेतृत्वको टिमले एक्रे, सीटी स्क्यान र एमआरआईको सहायताले उप्रेतीको पाखुराको जाँच गरेर हेर्दा जोर्नीको ‘ग्लेनोइड’ भन्ने भागमा ठुलो मात्रामा हड्डी धसेको तथा गेडीमा पनि केहि मात्रामा हड्डी नभएको पाइएको थियो ।  धेरै पटक फुस्किरहने गर्दा हड्डी धस्ने हुन्छ तर उप्रेतीमा यो मात्रा निकै धेरै पाइएको जोशीले बताए ।  डा. जोशीको टिमले नेपालमै अहिले सम्म नभएको Congruent arc Latarjet Procedure  अप्रेशन गर्ने निर्णय लियो र गत असार १० गते अप्रेशन सफलतापूर्वक सम्पन्न भयो । यो अप्रेशनमा कुमको हड्डीको टुक्रालाई ल्याएर जोर्नी नजिकै फिक्स गरिन्छ, जसले गर्दा फेरि जोर्नी नफस्किने अस्पतालले जनाएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप