मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अनाधिकृत व्यक्तिबाट अल्ट्रासाउण्ड सेवा नलिन आग्रह

आइतबार, ०१ साउन २०७९, १६ : ३३
आइतबार, ०१ साउन २०७९

अनाधिकृत व्यक्तिबाट अल्ट्रासाउण्ड (भिडियो एक्स रे) लगायतका रेडियोलाजिष्ट सेवा दिइ बिरामीको स्वास्थ्यमाथि नै खेलबाड हुने गरेको पाइएको छ । नेपाल रेडियोलोजिष्ट एसोसिएसनले अल्ट्रासाउण्ड लगायतका रेडियोलोजिष्टसम्बन्धी सेवाहरु अनाधिकृत व्यक्तिबाट नलिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

 अनाधिकृत रुपमा बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कारवाही गर्न  एसोसिएसनले माग गरेको छ । नेपाल स्वास्थ्य संस्था संचालनसम्बन्धी मापदण्ड २०७७ को पनि  बर्लिलाफ हुने हुँदा सो कार्यलाई निरुत्साहित गर्न आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई एसोसियसनले आग्रह गरेको छ ।

रेडियोलोजिष्टमार्फत प्रदान हुनुपर्ने विशेषज्ञ सेवा अनाधिकृत रुपमा प्रवाह  भएकाले त्यसलाई तत्काल रोक्नुपर्ने संघका केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष डा. तेजेन्द्र कार्की बताउँछन् । केसीका अनुसार यसअघि नै एसोसिएसनको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीलगायतलाई ज्ञापन पत्र बुझाइ सकिएपनि कार्यान्वयन भएको छैन । 

बिरामीले बुझनुपर्ने कुरा

–भिडियो (एक्स रे) अल्ट्रा साउण्ड गराउनु अगाडि सोव्यक्तिलाई  कानुनी अधिकार छ कि छैन भनेर थाहा पाउनुपर्छ । यदि  बिरामीलाई दिइने रिपोर्टमा सोनोलोनिष्ट भनेर लेखेको छ भने (भिडियो एक्स रे) अल्ट्रा साउण्ड गर्ने व्यक्ति कानूनी रुपमा नेपालको कुनै आधिकारिक निकायमा छैन भन्ने बुझिन्छ । 

–नेपालमा भिडियो एक्स रे अल्ट्रासाउण्ड सम्बन्धी कानुनी रिपोर्ट रेडियोलोजिमा एमडी तथा डिएमआरडि गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको चिकित्सकले मात्र जारी गर्ने अधिकार हुन्छ ।

–सोनोलोनिष्ट भनेर कुनै व्यक्ति तपाईको स्वास्थ्य संस्थामा काम माग्न आउँछ भने त्यस व्यक्तिको  वास्तविक योग्यता र सो सम्बन्धी काम गर्न नेपाल मेडिकल काउन्सिलले इजाजत दिए-नदिएको बारे जानकारी अनिवार्य रुपमा ख्याल गर्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप