मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरबाट लागुऔषधसहित एक जना पक्राउ

सोमबार, ०२ साउन २०७९, १० : ०९
सोमबार, ०२ साउन २०७९

सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा वीरेन्द्रनगर–९ लाटीकोइलीमा भाडामा बस्दै आएका कालिकोटको महावैका २४ बर्षीया दीपेन्द्र सिंह रहेका छन् । 

वीरेन्द्रनगर–१० को  नयाँगाउँ टोलमा संकास्पद रुपमा बसिरहेको अवस्थामा उनलाई प्रहरीले फेला पारेको थियो ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीका अनुसार उनलाई सोधपुछ गरेर खानतलासी गर्दा ५२० मिलिग्राम लागु औषध फेला परेको हो । 

उनलाई नियन्त्रणका लिएर अहिले थप अनुसन्धान भइरहेको कार्कीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप