सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डच डिफेन्डर बायर्न जाने पक्का

सोमबार, ०२ साउन २०७९, १० : ३२
सोमबार, ०२ साउन २०७९

डच डिफेन्डर म्याथिस डी लिग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध हुने पक्का भएको छ । आफ्ना स्टार खेलाडी रोबेर्टाे लेवान्डोस्कीलाई बेचेको बायर्नले डी लिग्टलाई अनुबन्ध गर्न लागेको हो । यद्यपी डी लिग्ट र लेवान्डोस्कीको भूमिका फरक छ ।

बार्यनले यसअघि सेनेगलका स्टार खेलाडी साडियो मानेलाई अनुबन्ध गरिसकेको छ । डी लिग्ट अनुबन्धका लागि इटालियन क्लब युभेन्ट्स र बायर्नबीच सहमति भएको डेली मेलले जनाएको छ । डी लिग्टले बायर्नसँग ५ वर्षको सम्झौता गर्ने बताइएको छ । २२ वर्षीय सेन्टर ब्याक डी लिग्ट तीन वर्ष युभेन्ट्समा बिताएर जर्मन आउन लागेका हुन् ।

डी लिग्टले युभेन्टसका लागि उनले १ सय १७ खेल खेलेका छन् । उनले नेदरल्यान्डका लागि उनले ३८ खेल खेलेका छन् । युभेन्टसले डी लिग्टलाई क्लब छोड्न बाटो खुल्ला गरिसकेपछि उनले जर्मन क्लब रोजेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप