सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिका र भारतको महोत्सवमा ‘सहायक श्रीमान्'

सोमबार, ०२ साउन २०७९, ११ : २४
सोमबार, ०२ साउन २०७९

नेपालको बहुपति प्रथाको विषयमा निर्माण भएको वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) अमेरिका र भारतको फिल्म फेस्टिभलमा छनौट भएको छ । अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजना हुने आठौं कब इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘को–हजबेण्ड’ छानिएको निर्देशक गणेश पाण्डेले जानकारी दिए ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन भएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ ।
साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् । 

त्यस्तै आगामी अगष्ट ३ देखि ६ सम्म भारतको कोलकातामा आयोजना हुने साउथ एसियन सर्ट फिल्म फेस्टिभलमा पनि ‘सहायक श्रीमान्’ छनौट भएको छ । आयोजकका अनुसार फेस्टिभल उद्‍घाटनकै दिन ‘सहायक श्रीमान्’ प्रदर्शन हुन्छ ।

काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलबाट यात्रा आरम्भ गरेको ‘को–हजबेण्ड’ ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो । 

विश्वका एक दर्जन बढी फिल्म फेस्टिभलमा छनौट भइसकेको ‘को–हजबेण्ड’ ले स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९ औं इन्टरनेशनल फिल्म फेस्टिभल अफ माउन्टेन फिल्मस् पोपराडमा अनरेवल मेन्सन अवार्ड जितेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप