सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

'सम्झना बिर्सना' मा किन देखिएन पूजाको स्टारडम ?

सोमबार, ०२ साउन २०७९, २२ : ४६
सोमबार, ०२ साउन २०७९

पछिल्लो समय राम्रो फ्यान फ्लोइङ भएकी अभिनेत्रीमा पर्छिन् पूजा शर्मा । सञ्चारकर्मी हुँदै फिल्म अभिनयमा होमिएकी उनी ‘मधुमास’, ‘थ्री लभर्स’, ‘मेरो बेस्ट फ्रेन्ड’ हुँदै ‘प्रेम गीत’ मा आएर स्थापित भइन् ।

सुदर्शन थापाको निर्देशन रहेको ‘प्रेम गीत’ पछि उनले थुप्रै फिल्म अभिनय गरेपनि यसबाट बनेको उनको गीत छवि कुनै फिल्मले मेटाउन सकेन । त्यसपछि केही फिल्म हुँदै ‘म यस्तो गीत गाउँछु’ अभिनय गरेकी उनी पपुलर नायिका समेत बनेकी थिइन् । त्यसपछि ‘म यस्तो गीत गाउँछु २’ मा रोनाधोना र अनेक हतकण्डा अपनाउँदै दर्शक भिड गराउन सफल उनको यो फिल्मले समेत ब्यवसाय पनि राम्रो गर्यो । यसले उनलाई स्टारडम भएको अभिनेत्रीको सूचीमा समेत उभ्यायो ।

तर, उनको त्यो स्टारडम धेरै समय रहन सकेन । जसको अनुमान शुक्रबार रिलिज फिल्म ‘सम्झना बिर्सना’ लाई हेर्न सकिन्छ ।  उनी अभिनित शुक्रबार रिलिज यो फिल्मले  रिलिजकै दिनदेखि दर्शक पाउन नसकेको अवस्था छ । 

त्यतिमात्र कहाँ हो र ? । शुक्रबार रिलिज फिल्मको प्रतिक्रिया बुझ्न शनिबार उनी बालाजुको रहेको अष्टनारायण हलमा पुगेकी थिइन् । सो क्रममा उनको भन्दा उनीसँगै  अभिनय गर्ने कलाकार आकाश श्रेष्ठको क्रेज बढी देखियो । आकाशको पक्षमा नाराबाजी पनि ठूलै भयो । 

आफ्नो पक्षमा दर्शकको नाराबाजी कम भएपछि उनले दर्शकसँग झर्किँदै भनिन् ‘के हो यो ? फिल्म कसको ? दुईटैको हो । के गरेको यो ?’ यो भिडियो सामाजिक संजालमा अहिले भाइरल छ । भिडियो हेर्ने अधिकांशले पूजाको स्टारडम खस्किएको प्रतिक्रिया दिएका छन् ।

उनको स्टारडम र सोसल मिडियामा चर्चा देखेर उनी माथी फिल्ममा लगानी गर्ने तरखरमा रहेका निर्माता अहिले झस्किएका छन् । आफ्नै दममा फिल्म चलाउने गरेको दाबी गर्ने पूजाले नयाँ प्रोजेक्टलाई प्रेमीको प्रयोग गरेर अनमोल केसी भित्र्याउनु र फिल्मको रिलिज समय अष्ट्रेलिया उड्नुलाई​ उनको स्टारडम खस्किएको कुरा कसैले नकार्न मिल्दैन । 

फिल्ममा आफ्नो भुमिका अभिनय मार्फत तिखार्नु भन्दा बिभिन्न कारणले चर्चामा छाउने पूजाको सच्चिएको  हो वा अहिले  नदेखिएको त्यो आगामि दिनका उनको प्रोजेक्टले देखाउने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप