सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा न्युजिल्याण्ड विजयी

मङ्गलबार, ०३ साउन २०७९, ०६ : २०
मङ्गलबार, ०३ साउन २०७९

घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा न्युजिल्याण्ड विजयी भएको छ । बेलफास्टमा सोमबार राति भएको खेलमा न्युजिल्याण्डले आयरल्याण्डलाई ३१ रनले हराएको हो ।

न्युजिल्याण्डले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ४२ रनमा समेटियो ।

जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिज १-० को अग्रता बनाएको छ । यी दुईबीचको दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप