अष्ट्रेलियन महिला फुटबलर केर पहिलो पटक इए स्पोर्ट्समा
मङ्गलबार, ०३ साउन २०७९, ०९ : ०२
अष्ट्रेलियन तथा इङ्ग्लिस क्लब चेल्सीका स्ट्राइकर साम केर फिफा इलेक्ट्रोनिक्स आर्टस (इए स्पोर्ट्स) गेम्समा कभर हुने पहिलो महिला खेलाडी भएकी छिन् । अष्ट्रेलियन महिला खेलाडी केर र फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का केलियन एम्बाप्ले फिफा २०२३ को कभरमा देखिएका छन् ।
केरले सन् २०२१(२२ महिला सुपर लिगमा सर्वाधिक गोलकर्ता हुँदै गोल्डेन बुट जितेकी थिइन् । उनले प्रतियोगितामा २० गोल गरिन् । उनको सहयोगमा चेल्सी महिला सुपर लिग र एफए कपको उपाधि जित्न सफल भयो ।
केरले सन् २०२१(२२ को पीफए प्लेयर्स अफ द इयर र महिला राइट्स एसोसिएसन (एफडब्लुए) अवार्ड जितेकी छिन् ।