मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पुल्चोकमा राष्ट्रव्यापी कवितावाचन प्रतियोगिताः यस्ता छन् नियम

मङ्गलबार, ०३ साउन २०७९, ०९ : ५६
मङ्गलबार, ०३ साउन २०७९

सिभिल इन्जिनियरिङ विद्यार्थी समाज–नेपाल पुल्चोक क्याम्पसको आयोजनामा हुन लागेको राष्ट्रव्यापी कवितावाचन प्रतियोगिताको तयारी तीव्र बनाइएको छ । मुख्य कार्यक्रम पुल्चोक क्याम्पस परिसरमा साउन १० गते हुनेछ । दुई चरणमा हुने कार्यक्रमका लागि आवेदन दर्ता असार २१ गतेदेखि  नै खुलेको आयोजक टोलीका योगराज पोखरेलले जानकारी दिए । ‘​शब्दयान–प्रविधिको आधार’ साहित्य नाराका साथ हुने  कार्यक्रम विद्यालयस्तरीय (कक्षा ८ देखि कक्षा १२) रहने कार्यक्रम सहजकर्ता दीप सागर ज्ञवालीले दिए । 

प्रतियोगितामा प्रथम हुनेले २५ हजार नगद र थुप्रै आकर्षक उपहारहरू पाउने छन् भने  द्वितीय हुने २० हजार र तृतीय हुने १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै  सान्त्वना पुरस्कार १० हजार पाउनेछन् । साथमा अफर र गिफ्ट ह्याम्पर पनि प्रदान गरिने  कार्यक्रमका संयोजक सोमनाथ लुइटेलले जानकारी दिए ।  

कवितावाचन प्रतियोगिता शिक्षा मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता एवम् नेपाल प्रज्ञा परिषदका प्राज्ञहरुको आतिथ्यतामा संचालन हुने अर्का कार्यक्रम संयोजक भुवनसिंह कार्कीले बताए । 

प्रतियोगितात्मक कविता लेखनका लागि आवश्यक नियम

१. प्रतियोगितामा समावेश हुने कविताहरु शब्दयान– ‘प्रविधिको आधार साहित्य’ भन्ने नाराको धरातलमा टेकेर लेखिएको हुनुपर्ने छ । त्यसरी लिखित कविता पूर्णतः मौलिक, कुनै पनि छापा तथा सञ्चार माध्यमबाट प्रकाशित÷प्रसारित नभएको तथा यसपूर्व कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने छ । विजयी रचनामा यसप्रकारको दाबी विरोध भई आएमा र सो दाबी पुष्टि भएको खण्डमा त्यसलाई खारेज गरी उत्कृष्टताको क्रममा निकट रहेको अर्को कवितालाई विजयी मानिने छ । 

२. प्रतियोगीले प्रतियोगी रचनाका साथमा नाम र ठेगाना स्पष्ट खुलाई पीपी साइजको फोटो, अध्ययनरत विद्यालयको सिफारिसपत्र तथा आधिकारिक सम्पर्क नम्बर उल्लेख गरी [email protected] मा आगामी श्रावण ५ गते दिनको ५ बजेभित्र इमेल पठाइसक्नुपर्ने छ । तोकिएको समयभन्दा विलम्ब भई प्राप्त भएका रचनालाई प्रतियोगितामा समावेश गरिने छैन । 

३. कविताको भाषा नेपाली तथा अङ्ग्रेजी दुवै हुन सक्ने छ तर मिश्रित भाषाको प्रयोग गरिएको कविता मान्य हुने छैन । 

४. गद्य कविताको शब्द सीमा अधिकतम १५० र पद्य कविता बढीमा ६ श्लोकको हुनुपर्ने छ । 
५. प्रत्येक प्रतियोगीले एउटा मात्र कविता पठाउनुहुन सूचित गरिन्छ । एउटै प्रतियोगीको एकभन्दा बढी कविता सहभागिताको लागि प्राप्त भएमा प्रथमप्राप्त कवितालाई मात्र प्रतियोगी कविता मानिने छ ।

६. कुनै पनि व्यक्ति, जाति, समुदाय, लिङ्ग, धर्म, संस्कृति वा सम्प्रदायलाई लाञ्छित गरी लेखिएको राष्ट्र तथा राष्ट्रियतामा आघात पु¥याउने रचनालाई कार्यक्रममा सहभागी गराइने छैन । सामाजिक एकता, मेलमिलाप र सहिष्णुतामा खलल पु-याउने कविता प्राप्त भएमा स्वयम् प्रतियोगी जिम्मेवार हुने छन् । 

७. प्रतियोगितामा सहभागिताका लागि यसै पत्रमा राखिएको QR code scan गरी निर्दिष्ट शुल्क बुझाई सदस्यता दर्ता गर्नुपर्ने छ । त्यसरी दर्ता गरिसकेपछि दर्ता गर्दा प्रयोग भएको बैँङ्क खाता नं, नाम र सहभागी संख्या कवितासँगै इमेलमा पठाउनुपर्ने छ । 

८. प्रतियोगिताको निर्णयसम्बन्धी अन्तिम अधिकार सम्पूर्ण रूपमा आन्तरिक छनौट समितिमा निहित रहने छ  ।

९. प्राप्त रचनाहरूमध्ये उत्कृष्ट २५ कविताहरूलाई प्रतियोगितामा वाचनका लागि पुनः निमन्त्रण गरिने छ । उत्कृष्ट २५ मा पर्ने उपत्यकाबाहिरका सहभागीहरूका लागि यात्राखर्च (गाँस र वासबाहेक) आयोजकले ब्यहोर्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप