सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

मङ्गलबार, ०३ साउन २०७९, ०९ : ५७
मङ्गलबार, ०३ साउन २०७९

कैलालीमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।  सोमबार कैलालीको गौरीगंगा नगरपालिका–१ चौमालामा बसको ठक्करबाट घाइते भएका साइकल यात्री खडक थापाको आज बिहान धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको हो । 

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ९६९३ नम्बरको सुदुरपश्चिम यातायातको बसले ठक्कर  दिइ घाइते भएका थापाको आज उपचारको क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

धनगढी उपमहानगरपालिका १ पुष्पलाल चोक बस्ने वर्ष ४३ का दीप श्रेष्ठले चलाएको बसले साइकल यात्रीलाई ठक्कर दिएको हाे ।  बस र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप