आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घट्यो सुनको मूल्य, चाँदीको पनि ओरालो

मङ्गलबार, ०३ साउन २०७९, ११ : ४२
मङ्गलबार, ०३ साउन २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो । यससँगै,  सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो ।

महासंघका अनुसार हिजो सुनको मूल्यमा प्रतितोला ४०० रुपैयाँको वृद्धि आएको थियो । साताको पहिलो कारोबार दिन आइतबार तोलामा ९३ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य हिजो उकालो लागेको थियो । 

यसैगरी, सुनको मूल्य घटेको दिन चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएको छ । जुन, हिजो सोमबार ११ सय ६५ रुपैयाँ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप