सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाराका चार खेलाडी २० वर्ष मुनिको राष्ट्रिय टिममा छनोट

मङ्गलबार, ०३ साउन २०७९, ११ : ५५
मङ्गलबार, ०३ साउन २०७९

भारतमा हुने यु २० साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका बाराका ४ जना खेलाडी समावेश भएका छन् । 

जुलाई २५ देखि भारतमा संचालन हुने राष्ट्रिय फुटबल प्रतियोगिताका लागि मुख्य प्रशिक्षक मेघराज केसीले २३ जनाको नामावली घोषणा गर्दा बारा जिल्लाका ४ जना खेलाडीहरु  अन्तिम छनोट भएका हुन् । बाराबाट सहभागी भएका ४ जना मध्ये डुमरवानाका युनेश चौधरी, निजगढमा जन्मजय धामी, बकुलियाका अजय चौधरी र सिमराका मोहित गुरुङ रहेका छन् । अन्तिम छनोटमा परेका ४  जना यसअघि जिल्लामा स्थानीय क्लबहरूको माध्यमबाट  फुटबल खेल्दै आएका थिए ।

जन्मजय र मोहित मिडफिल्डर, अजय डिफेन्डर र युनेस गोलकिपर हुन । सहिद स्मारक बि डिभिजन लिगका उत्कृष्ट गोलरक्षक युनेस पहिलो पटक उमेर समुहको राष्ट्रिय टोलीमा समावेश भएका हुन । 

जन्मजय, मोहित र अजय यसअघि पनि यु १६ राष्ट्रिय टोलीमा समावेश भएका थिए । पछिल्लो समय बारा जिल्लाले फुटबल खेलाडी उत्पादनमा मुख्य भूमिका निर्वाह गर्दै आईरहेकोले जिल्लाका खेलाडीहरु राष्ट्रिय टिममा सहभागी हुनु गौरवको विषय भएको बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप