सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युनाइटेडको तेस्रो जित

बुधबार, ०४ साउन २०७९, ०६ : २२
बुधबार, ०४ साउन २०७९

प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलियामा रहेको इङ्ग्लिस क्लब म्यानचेस्टर युनाईटेडले मैत्रीपूर्ण खेलमा क्रिस्टल प्यालेसलाई ३-१ अन्तरले हराएको छ ।

मेलबर्नमा मंगलबार युनाइटेडको जितमा एन्थोनी मार्सियल, मार्कोस रासफोर्ड र जाडोन सान्चोले एक एक गोल गरे । क्रिस्टल प्यालेसका जोएल वार्डले एक गोल फर्काए ।

प्रि-सिजन टुरमा अष्ट्रेलिया रहेको युनाइटेडको यो लगातार तेस्रो जित हो । यस अघि युनाइटेड लिभरपुललाई ४-० र मेलबर्न भिक्ट्रीलाई ४-१ ले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप