सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इन्टर मियामीको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

बुधबार, ०४ साउन २०७९, ०८ : ४१
बुधबार, ०४ साउन २०७९

प्री-सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा रहेको क्याटलान क्लब बार्सिलोनाले इन्टर मियामी सीएफको पोस्टमा आधा दर्जन गोल गरेको छ । 

बुधबार बिहान सम्पन्न खेलमा ला लिगा महारथी क्लब बार्सिलोनाले दुबै हाफमा समान तीन गोल गर्यो । आक्रमणमा मजबुद प्रदर्शन गरेको जाभिको टिमले पुरै समय मियामीलाई दबाबमा राखेको थियो ।

बार्सिलोनाको जितमा पीएरे इम्रीक औबामेयाङ, डेब्यु गरेका राफिन्हा, अन्सु फाती, गाबी , मेम्फिस डिपाए र औसमान डेम्बेलेले एक एक गोल गरे । 

अब बार्सिलोनाले अमेरिका भ्रमणमा सहरी प्रतिद्वन्द्वी रियल मड्रीड र युभेन्टससँग प्रतिस्पर्धा गर्ने तालीका रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप