सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेलायतमा पहिलो पटक ४० डिग्री सेल्सियस तापक्रम रेकर्ड

बुधबार, ०४ साउन २०७९, १० : १८
बुधबार, ०४ साउन २०७९

बेलायतमा पहिलो पटक ४० डिग्री सेल्सियस (१०४ एफ) भन्दा बढी तापक्रम रेकर्ड गरिएको छ । लिंकनशायरको कोनिङ्स्बीमा ४० दशमलब ३ डिग्री सेल्सियस पुगेको छ भने ३३ अन्य स्थानमा बेलायतको यसअघिको उच्चतम तापक्रम ३८ दशमलब ७ डिग्री सेल्सियसलाई पार गरेको छ ।

गर्मी बढेसँगै आगलागीका घटना बढेका छन् । पूर्वी लन्डनको वेनिङटनमा ठूलो आगलागी हुँदा घरहरू जलेर नष्ट भएका छन् । अत्यधिक तातोका कारण केही रेल्वेले आफ्नो सेवा स्थगित गरेका छन् । सयौँ अग्नि नियन्त्रकहरूले लन्डन र वेनिंगटनमा घाँसमा लागेको आगो निभाएका छन् ।

यसअघि अत्यधिक तापपछि विभिन्न हवाइसेवाले आफ्ना उडान स्थगित भएका थिए । अधिक तापले धावन मार्गको अलकत्रा पग्लिएपछि उडान स्थगित भएका थिए । तापक्रम बढेपछि अधिकांश विद्यालय बन्द भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप