सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गभर्नरलाई राजीनामा दिएर एमाले बलियो बनाउने काममा लाग्न सांसदको सुझाव

बुधबार, ०४ साउन २०७९, १३ : १०
बुधबार, ०४ साउन २०७९

माओवादी केन्द्रकी सांसद दिल कुमारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेकी छिन् । बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले आफूमाथि प्रश्न उठेपछि गभर्नरले पदबाट राजीनामा दिएर एमालेको संगठन बलियो बनाउने काममा लाग्न आग्रह गरिन् ।
 
यस्तै उनले वर्षायाममा मधेशमा सर्पको टोकाइबाट धेरै मानिसहरुको मृत्यु हुने गरेको बताइन् । महोत्तरीमा स्थानीयले २०६९ सालमा चन्दा उठाएर सर्पदंश उपचार अस्पताल बनाएको र सेनाले उपचार गरिरहेको बताइन् । 

त्यहाँ एउटा भेन्टिलेटर पनि नभएको र अक्सिजनको पनि अभाव भएकोले स्वास्थ्य उपचारमा समस्या भएको भन्दै उनले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराइन् । उनले त्यसबारेको भिडियो समेत स्वास्थ्यमन्त्रीलाई पठाएकाले सो भिडियो हेरेर भेन्टिलेटर र अक्सिजनको प्रवन्ध मिलाउन आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप