सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सांसद खरेल : सरकारी अस्पतालमा भनसुन नगरी उपचार नपाउने अवस्था आयो

बुधबार, ०४ साउन २०७९, १२ : ००
बुधबार, ०४ साउन २०७९

एमाले सांसद पवित्रा निरौला खरेलले अस्पतालका भेन्टिलेटर र आइसीयु मेसिनमा माकुराले जालो लगाएको तर बिरामीले उपचार नपाएको बताइन् । बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद निरौलाले सरकारले कोरोना संक्रमण बढेका बेला धेरै अस्पतालमा आइसीयू र भेन्टिलेटरको स्थापना गरेपनि दक्ष प्राविधिकको अभावमा अहिले ति उपकरणमा माकुराले जालो लगाएको बताइन । 

उनले भनिन्–‘जिल्ला–जिल्लाबाट भाडा तिरेर उपचार गर्न मानिसहरु काठमाडौं आउँछन् । पाटन अस्पताल, सिभिल अस्पताल, वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा आउनु परेको छ । पहुँच नभएका, भनसुन गर्न नसक्ने बिरामीले उपचार पाइरहेका छैनन् । बाध्य भएर ति बिरामीहरु महँगा अस्पतालहरुमा उपचार गर्न जान बाध्य हुनुपरेको छ । उपचारका लागि समय कुर्दा कुर्दै बिरामी मर्नुपर्ने बाध्यात्मक अवस्था समेत रहेको छ ।’

उनले दूरदराजमा रहेका बिरामीको उपचारका लागि सोही ठाउँमै आइसियू र भेन्टिलेटर स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप