सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्विटर विवादमा एलन मस्कले राहत पाएनन्, अदालतमा सुनुवाई हुने

बुधबार, ०४ साउन २०७९, १२ : १७
बुधबार, ०४ साउन २०७९

टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्कलाई अमेरिकी अदालतले झट्का दिएको छ । अमेरिकी अदालतले एलन मस्कविरुद्ध ट्विटरको मुद्दाको सुनुवाई अक्टोबरमा निश्चित गरिएको छ ।

एलन मस्कले ढिलो सुनुवाईका लागि माग गरेका थिए । उनले ट्विटर खरिद गर्नका लागि ४४ अर्ब डलरको सम्झौता गरेका थिए, जसबाट अब एलन मस्कले पछि हट्ने निर्णय गरेका छन् ।

त्यसपछि सोसल मिडिया कम्पनी ट्विटरले सम्झौता पूरा गराउनका लागि अदालतको ढोका ढक्ढकाएको थियो । अदालतले एलन मस्कलाई ५४.२० डलर प्रति सेयरको निश्चित मूल्यमा अधिग्रहण पूरा गर्न आदेश दिने ट्विटरले अपेक्षा गरेको छ ।

एलन मस्कले ट्विटरमाथि नक्कली खाताको जानकारी लुकाएको आरोप लगाएका छन् ।

डेलावेयर अदालतका एक न्यायाधिसले कम्पनीसँग सहमति व्यक्त गरेका छन् र सुनुवाई ढिलो हुँदा अनिश्चितता बढ्ने सम्भावना व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप