आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा एकैदिन २ हजार २० जना सवारी चालकमाथि कारवाही

बिहीबार, ०५ साउन २०७९, ०७ : ४५
बिहीबार, ०५ साउन २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २० जना सवारी चालकलाई कारवाही गरेको छ । 

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा बुधबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ५०, लेन अनुशासन पालना नगर्ने ६४, रेड लाइटमा सवारी चलाउने ७४ जना सवारी चालक रहेका छन् । 

यस्तै, ठीक तरिकाले नम्बर प्लेट नराख्ने ४१ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । अन्य कारवाहीमा पर्ने १ हजार ७११ जना सवारी चालक रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप