सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिला युरो : स्पेनलाई हराउँदै इङ्ग्ल्यान्ड सेमिफाइनलमा

बिहीबार, ०५ साउन २०७९, ०८ : १५
बिहीबार, ०५ साउन २०७९

प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयमा स्पेनलाई २-१ अन्तरले पराजित गर्दै घरेलु टोली इङ्ग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा पुनरागमन गर्दै इङ्ग्ल्यान्ड खेलमा फर्कन सफल भयो । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

इङ्ग्ल्यान्डको जितमा एला टोन र जर्जिया स्टानवेले गोल गरिन् । स्पेनकी एस्थर गोन्जालेजको नाममा सान्त्वना गोल रह्यो ।  अब, सेमिफाइनल प्रवेशका लागि इङ्ग्ल्यान्डले स्विडेन र बेल्जियमबीचको विजेतासँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप