मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा डेढ किलो गाँजा सहित दुई जना पक्राउ

बिहीबार, ०५ साउन २०७९, ०९ : १९
बिहीबार, ०५ साउन २०७९

रुपन्देहीमा अवैध लागू औषध डेढ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको सैनामैना नगरपालिका -१० झिमपुरका २७ वर्षीय रोशन थारु र सोही नगरपालिका -५ बालपुरका २७ वर्षीय कमल कुमालको घर खानतलासी गर्दा थारूबाट १ किलो ३६० ग्राम र कुमाल बाट २०४ ग्राम सुकेको गाँजा पनि बरामद गरिएको छ ।

ती दुबै जनालाई सालझण्डी ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि अदालतमा मुद्धा दायर भइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप